रामराज परिषद नेपाल पुरीपिठद्वारा घाईतेहरुलाई फलफुल बितरण

0
94
Ad_Article_Top
Share

वीरगंज,चैत्र २०
हावाहुरीबाट घाईते भई उपचार गराईरहेका भलुई भरवलिया, पुरैनियाका घाईतेहरुलाई रामराज परिषद नेपाल पुरीपिठले आज फलफुल बितरण गरेको छ । पुरीपिठले नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र वीरगंज हेल्थ केयर हस्पिटलमा फलफुल बितरण गरेको हो । पुरीपीठका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा गएको टोलीले २५० बिरामीलाई फलफुल बितरण गरेको हो । टोलीमा केन्द्रिय सदस्य बिनोद प्रसाद कुर्मी देवप्रकाश पटेल,देवनाथ उपाध्याय, भरत नेपाल, डा. अनिल कुमार झा,पंडित पुरुषोत्तम दुवे,प्रमोद सर्राफ,भुपेन्द्र पौडेल,उषा श्रीवास्तव , लगायत सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here