हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क घुम्ती आँखा शिविर सञ्चालन

0
101
Ad_Article_Top
Share

वीरगंज,चैत्र २०
वीरगञ्ज स्थित माट्रिका आई फाउन्डेशनले हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क घुम्ती आँखा शिविर सञ्चालन गरेको छ । पहल संस्थाको समन्वय माट्रिका आई फाउन्डेशनले हावाहुरीले बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका वडा नं १ भलुही भलवरिया र वडा नं ४ पुरैनियामा आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हो । शिविरमा हावाहुरीका कारण आँखामा समस्या देखिएका ३५ परिवारको आँखा जाँच गरिएको पहल संस्थाका अध्यक्ष दिलिपराजकार्कीले जानकारी दिए । शिविरमा माट्रिका आई फाउन्डेशनका मेडिकल को–अर्डिनेटर डा महेश सिंह धामी नेतृत्वको १५ सदस्यीय टोलीले आँखाको जाँच गरेका थिए । विशेषगरि हावाहुरीका कारण स्थानीयको आँखामा चोटपटक लागेर रगत जमेको, आँखामा इन्फेक्सन देखिएको, आँखा दुख्ने चिलाउने समस्या देखिएको डा धामीले बताए । त्यस क्रममा ९ जनाको आँखाबाट कसिंगर समेत निकालिएको थियो । प्रभावितहरुको घर घरमा पुगेर आँखामा समस्या देखिएको छ कि छैन ? भनेर सोधी सोधी उपचार गरिएको माट्रिका आई फाउन्डेसनले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here