पुर्व सांसद गुप्ताको बिशेष पहलमा फुलकवल र श्रीपुर पचगावामा पौने दुई करोडको लागतमा सडक निर्माण हुने

0
658
Ad_Article_Top
Share

वीरगंज, चैत्र २२
पुर्व सांसद एवं नेकपा नेता राजकुमार गुप्ताले आज पर्साको फुलकवल र श्रीपुर पचगावा सढक निर्माणको लागि अवलोकन गर्नुभएको छ । गुप्ताको बिशेष पहलमा संघिय सरकारको भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट निर्माण हुन लागेको सडकको अवलोकन गर्नुभएको हो । गुप्ताको बिशेष पहलबाट पर्सा क्षेत्र नम्बर ३ अन्र्तगत फुलकवलमा ८६ लाखको लागतमा सडक ढलान हुन लागेको होे । उहाँले ३५० मिटर लामो सढक ढलानको जिम्मा कुशल कन्सट्रक्सनले लिएको जानकारी दिनुभयो । यसैगरी ८६ लाखको लागतमै श्रीपुर पचगावामा सावा किलो मिटर पिच सडक निर्माण गर्न लागिएको नेता गुप्ताले जानकारी दिनुभयो । उहाँले पिच सडक निर्माणको जिम्मा अंकित कन्सट्रक्सनले लिएको बताउनुभयो । निर्माण कार्य दुई चार दिनमा शुरु हुने र यहि आर्थिक बर्ष भित्र सम्पन्न गरिने लक्ष्य लिएको नेता गुप्ताले जानकारी दिनुभयो । सो अवसरमा सडक बिभागका सव ईन्जिनियर संजिव अधिकारी, नेकपाका युवा नेता यशवन्त यादव, धिरज चौरसिया, बिनोद गिरी,नेपाल शिक्षक संगठनका शिवनाथ थारु लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here