भुकम्प पिडितको जस्तै हावाहुरी प्रभाबितको हालत नहोस अध्यक्ष राणा

0
31
Ad_Article_Top
Share

वीरगंज, चैत्र २२
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले हावा प्रभाबित बारा र पर्साका पिडितहरुलाई सहयोग गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी पार्टीले मृतक परिवारका सदस्यलाई जनही बाह्र हजार पाँच सयका दरले नगद सहयोग गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अध्यक्ष राणाले भुकम्प र बाढी पिडित जस्तै बिचलीमा नपार्न आग्रह गरेको छ । सरकारले हतारमा घोषणा गर्ने र पछि व्यवस्थानमा ढिलासुस्ती गर्ने गरेका आरोप लगाए । राणाले अहिले पनि भुकम्पका पिडितहरु उचित राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकषर्ण गरेका थिए । पत्रकार सम्मेलनमा पार्टी बरिष्ठ नेता प्रकाशचन्द्र लोहनी पार्टीका नेता मोहन यादव,महाबिर यादव ,गया पासवान लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here