कुष्ठ रोग निवारण सम्बन्धि बिन्दवासनीमा अन्र्तक्रिया सम्पन्न

0
29
Ad_Article_Top
Share

वीरगंज, चैत्र २२
पर्साको बिन्दवसनीमा कुष्ठ रोग निवारण सम्बन्धि संचारकर्मीहरु संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उपाध्यक्ष किरण देवी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सन २०२० सम्म स्थानिय स्तरबाट कुष्ठ रोग निवारण गर्ने उदेशयले अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । गाँउपालिकामा स्वास्थ्य स्वयमसेवक खटाई गाँउपालिका रहेका छाला रोग सम्बन्धि बिरामीहरु खोज तलास गरी सम्बन्धित ठाँउमा उपचार गराउने उदेश्यले कार्यक्रम शुरु गर्ने जानकारी गराइएको थियो । पर्सामा छिपहरमाई गाँउपालिकामा ११, पोखरीयामा ४, कालिकामाई ८,जिराभवानीमा ५ र बिन्दवासनी गाँउपालिकामा २ जना कुष्ठ रोगी फेला परेको जानकारी गराइएको थियो । पर्सा जिल्लामा २०७४÷७५को सर्वे अनुसार प्रति १० हजारमा २जना कुष्ठ रोगी देखिएको जिल्ला जन स्वास्थ्य कार्यालय शम्भु प्रसादले जानकारी गराउनुभएको थियो । कार्यक्रममा बिन्दवासनी गाँउपालिका स्वास्थ्य संयोजक नरेश प्रसाद चौहान,संचारकर्मी युवराज खडका,शम्भु कुमार सुमन,मनोज पटेल ,संजय गुप्ता,संजिव मिश्र लगायतको सहभागिता रहेको थियो ।स्वागत स्वास्थ्य संयोजक नरेश चौहानले गरेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सोनालाल चौरसियाले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here