बर्षायाम अगावै हावाप्रभाबित परिवारले घर पाउने मन्त्री पंडितको दावी

0
86
Ad_Article_Top
Share

वीरगंज,चैत्र २३
संघिय मामिला तथा स्थानिय बिकाश मन्त्री लालबाबु पंडितले बर्षायाम अगावै हावाप्रभाबित परिवारले घर पाउने बताउनुभयो । मन्त्री पंडितले वीरगंज २२ सौराहमा आज हावा प्रभाबित परिवारलाई राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । मृतक परिवारलाई राज्यले उचित क्षतिपुर्ति तथा घाईतेको उपचार खर्च राज्यले व्यहोर्ने जानकारी दिनुभयो । उहाँले बिपतको समयमा हावा प्रभाबित क्षेत्रमा राहत बितरण गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो । मन्त्री पंडितले सौराहामा अति प्रभावित ४० घर परिवारलाई चामल र त्रिपाल बितरण गर्नुभएको थियो । पुर्व सांसद बिचारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता एवं पुर्व सांसद राजकुमार गुप्ता,प्रद्युम्न चौहान,नागेन्द्र चौधरी,सांसद पुष्पा कर्ण,प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा ,वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता,पुर्व अध्यक्ष अशोक टेमानी ,नेकपा युवा नेता मनोज चौधरी, प्रभु हजरा, तेजप्रकाश निसाद, अकलेश साह, शिवम साह,रोशन सर्राफ,लालबाबु यादव लगायतको सभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here