पोखरीया नगरपालिकाकामा ७९  छात्रालाई  साईकल वितरण

0
110
Ad_Article_Top
Share

वीरगंज, चैत्र २३
पर्साको पोखरीया नगरपालिकाकामा ७९ जना छात्रालाई आज साईकल वितरण गरिएको छ । जिल्ला उचांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालय पोखरिया, महोवनी पदवनी मावि रानीगञ्ज कक्षा ९ मा अध्ययनरत छात्रालाई साईकल वितरण गरिएको हो ।नगर प्रमुख दिप नारायण रौनियार लगायतले नगरपालिकाको तर्फबाट छात्रालाई साईकल वितरण गरेका थिए । छोरी शिक्षालाई प्रोत्साहन मिलोस भन्ने उद्देश्यले लामो यात्रा गरेर विद्यालय आउन बाध्य छात्राहरुलाई साईकल वितरण गरिएको नगरपालिकाले जनाएको छ । छात्रालाई साईकल वितरणमाा नगरपालिकाले ८ लाख रुपैयाँ खर्च गरेको छ । पोखरीया नगरपालिकाका वडा कार्यालयहरुले पनि कक्षा ५ देखि उच्च शिक्षासम्म अध्ययनरत छात्राहरुलाई साईकल वितरण गर्ने तयारी गरिरहेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here