आवाज एफ.एमको बार्षिक उत्सवको अवसरमा नारायणी अस्पतालमा फलफुल बितरण, भोली मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने

0
162
Ad_Article_Top
Share

वीरगंज,चैत्र २७
आवाज ब्रोडकाष्टिङ मिडिया प्रालिद्वारा संचालित आवाज एम.एम ८८ मेगाहर्जले आज वीरगंजमा रहेको नारायणी अस्पतालमा फलफुल बितरण गरेको छ । आवाज एफ.एम ८८ मेगाहर्ज दोस्रो बर्ष प्रवेश गरी तेस्रो प्रवेश गरेको उपलक्ष्यमा आयोजित साताव्यापि कार्यक्रम अन्र्तगत आज फलफुल बितरण गरिएको हो । नारायणी अस्पतालका प्रसुती र ईमरजेन्सी बिभागका ८० बिरामीहरुलाई सो फलफुल बितरण गरिएको हो । एफ.एमका संचालक श्याम वन्जाराको नेतृत्वमा भएको फलफुल बितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज साह, नेपाल पत्रकार महासंघ प्रदेश २का अध्यक्ष दिपेन्द्र चौहान, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता,संचारकर्मी महेशचन्द गौतम, सत्रुघन नेपाल, तुलसी भण्डारी, अनुप तिवारी,शंकर खतिवडा,युवराज खडका, राससका बिरेन्द्र कर्ण,एफ.एमका सुरेश बिडारी,रवि गुप्ता, जगत राई, संजिव मिश्र, राकेश साह, मनिता रिजाल, रश्मिराज भण्डारी, उर्मिला सापकोटा, कमला गिरी, प्रिति पाण्डे,मोहनलाल पंडित, आनन्द पटेल ,पुष्प शर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो । साताव्यापि कार्यक्रम अन्तर्गत एम.एमले हिजो नेपाल पत्रकार महासंघ र एफ.एम परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो । यसैगरी भोली बिहिबार सात बजे बिहान जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत र पत्रकार बिच मैत्रिपुर्ण फुलबल प्रतियोगिता हुने संचालक बन्जाराले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here