आवाज एफंएमको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा संचारकर्मीको टोली बिजयी

0
74
Ad_Article_Top
Share

वीरगंज, चैत्र २८
आवाज ब्रोडकाष्टिङ मेडिया प्रालिद्वारा संचालित आवाज एफ.एम ८८ मेगाहर्जको तेश्रो वार्षिकोत्सवको अवसरमा आज संचारकर्मि र जनप्रतिनिधीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नम्बर २ प्रहरी गणको खेल मैदानमा आयोजित मैत्रीपुर्ण खेलमा संचारकर्मीहरुको टिमले जनप्रतिनिधीहरुको टिमलाई शुन्यको विरुद्ध चारगोल अन्तरले पराजित गरेको थियो । संचारकर्मिहरुको तर्फबाट भुषण यादवले तीनगोल र विजय भण्डारीले एकगोल गर्नुभएको थियो । मध्यान्ह अघि तीनगोल र त्यसपछि एकगोल संचारकर्मीहरुको टिमले गरेका थिए । मैत्रीपुर्ण फुटबल खेलको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगी,पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव ,पुर्व सांसद बिचारी यादव, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।प्रतियोगितामा जनप्रतिनिधीको तर्फबाट सांसद यादव र प्रदेश सभासदस्य ओमप्रकाश शर्मा पनि सहभागि हुनुहुन्थ्यो । प्रतियोगितामा प्रदेश सभासदस्य राजेश्वर साह तेली, जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद, पोखरियाका मेयर दीपनारायण रौनियार, बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, , गाँउपालिका प्रमुखहरु पिएल श्रेष्ठ, जालिम मियाँ, नथुनी कुशवाहा, मनोज गुप्ता, रामपृत महतो,हरिबहादुर चौधरी,वडा अध्यक्ष जगत साह कानु,प्रदिप चौरसिया,वैजु स्वर्णकार,राजकिसोर गुप्ता, सियानन्द चौहान,संजय चौहान, पत्रकार महासंघका प्रदेश संयोजक दीपेन्द्र चौहान,नेकपा नेता बसरुदिन अंसारी,सेनानी सृजन बहादुर मल्ल, ,वडा सदस्य लालबाबु यादव,ओबिसी पर्सा अध्यक्ष अकलेश साह लगायतको सहभागिता रहेको थियो । बार्षिकोत्सवको अवसरमा एफएमले यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखा भवन र परिसरको सरसफाई, नारायणी अस्पतालको प्रसुती वार्डमा फलफुल वितरण लगायतका कार्यक्रम गरिसकेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here