अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी परेसँगै रोशन अधिकारी एकाएक चर्चामा

0
531
Ad_Article_Top
Share

वीरगंज ,चैत्र २८
एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार रोशन अधिकारीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्क (एनआरएनए एनसीसी) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएका छन् । उनको उम्मेद्वारी परेसँगै अमेरिकामा एकाएक चर्चामा आएका छन् ।
चितवनको पत्रकारिता इतिहासको शुरुवातीदेखि नै अधिकारीले छापा माध्यमको पत्रिका प्रकाशन गरेर समाजमा तेस्रो आँखाको भूमिकाको रुपमा आफूलाई स्थापित गराउन सफल भएका थिए । सामाजिक क्षेत्रमा बिताउन रुची राख्ने अधिकारीको अधिकांश उर्जाशील समय सामाजिक कार्यमा नै बितेका उनी नजिक रहेकाहरु बताउने गर्छन् । अधिकारीले पत्रकारिता पेशा सँगसँगै एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा प्रभावकारी ढंगले आफ्नो कार्य सम्पादन गर्दै आइरहेका छन् ।एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको सचिवको जिम्मेवारी पूरा गर्दै अधिकारीले छोटो समयमा नै अमेरिकामा रहेका नेपालीहरुको मन जित्नि सफल भएका छन् । अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा विकास गराउनका लागि आफूले उम्मेद्वारी दिइएको अधिकारीले बताए । सानैदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको लामो अनुभव रहेकाले आफूलाई जिताउन सबैसँग उनले आग्रह समेत गरेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here