आवाज एफ.एमको बार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रममा खाना खुवाइयो

0
142
Ad_Article_Top
Share

वीरगंज,चैत्र २९
आवाज ब्रोडकाष्टिङ मेडिया प्रालिद्वारा संचालित आवाज एफ.एम ८८ मेगाहर्जको तेश्रो वार्षिकोत्सवको अवसरमा आज वीरगंजमा रहेको मानव सेवा आश्रममा खाना खुवाइएको छ । साताव्यापि कार्यक्रम अन्र्तगत आज चौथो दिन आश्रममा आश्रित ३२ जना लक्ष्मीनारायणहरुलाई खाना खुवाइएको हो । एम.एकका संचालक श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका अभिभावक एवं बिपिसि कलेजका संचालक प्रो.डा. दिपक शाक्य, समाजिक अभियन्ता प्रकाश थारुले धारणा राख्नुभएको थियो । कार्यक्रममा श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक चक्रबहादुर मल्ल,ट्राफिक प्रहरीका प्रहरी निरिक्षक राजकुमार सिंह, एम.एमका स्टेशन म्यानेजर सुरेश बिडारी, संजिव मिश्र, राकेश साह, रश्मिराज भण्डारी, मनिता रिजाल, मोहनलाल पंडित,आनन्द पटेल, उर्मिला सापकोटा,प्रिति पाण्डे,सुभद्रा बन्जारा,मीरा रिजाल, लालमुनी देवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका दिवेश मानवले गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here