४० औ शिक्षक दिवस पर्सामा मनाइयो, अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार तिवारीलाई

0
147
Ad_Article_Top
Share

वीरगंज,चैत्र २९
पूर्व अर्थमन्त्री एवं नेकपा नेता सुरेन्द्र पाण्डेले शिक्षाका क्षेत्रमा ठूलो क्रान्तिकारी परिर्वतन खाँचो रहेको बताउनुभयो ।४० औ शिक्षक दिवस तथा अम्विका स्मृति शिक्षा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले अब देशमा आर्थिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संङ्गठन पर्साको अध्यक्ष शिवनाथ प्रसाद थारुको सभापत्तिवमा आयोजित कार्यक्रममा पुर्व सांसद राजकुमार गुप्ता, बिचारी यादव, प्रद्युम्न चौहान, नेकपा नेता बाल गोपाल थापा,चिरञ्जी अचार्य, युवा नेता अरबिन्द सिंह,प्रभाकर गुप्ता , लालबाबु यादव लगायतको सहभागिता रहेको थियो । यसैगरी यस बर्ष अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार जगनाथ तिवारीलाई प्रदान गरिएको छ । सिद्धार्थ माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक रहनु भएको तिवारीलाई २५ हजार नगद ,सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको अम्बिका सिंह स्मृति प्रतिस्ठानका अध्यक्ष अरबिन्द सिंहले बताउनुभयो । अम्बिका सिंह स्मृति शिक्षा पुरस्कार चार बर्षदेखि प्रदान गरिदै आएको अध्यक्ष सिंहले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएका ३२ शिक्षकलाई सम्मानित समेत गरिएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here