कलैया उमहानगरपालिकाको लापरवाहीका कारण बसतपुर बिद्यालयमा तालाबन्दी

0
52
Ad_Article_Top
Share

कलैया, बैशाख ८
श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बसतपुरका शिक्षकहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन । बिगत दुई बर्ष देखि निजि श्रोतमा कार्यरत माध्यमिक शिक्षकद्वव अवधेश ठाकुर र अजय कुमार यादवको तलब नदिए पछि सो तालाबन्दी गरेका हुन । शिक्षकद्वव ठाकुर र यादवले कलैया उपमहानगरपालिका र वडा नम्बर २० को कार्यालयमा लिखित तथा मौखिक रुपमा जानकारी गराउदा समेत वडा समितीले आश्वासन मात्र दिएकोले बाध्य भएर तालाबन्दी गरिएको शिक्षक अजय यादवले जानकारी दिनुभयो । एक हप्ताभित्र मागं पुरा नभए चरणवद्ध आन्दोलनमा उत्रिने शिक्षक यादवले बताउनुभयो । तालाबन्दीका कारण बिद्यार्थीहरुको पठन पाठन अवरुद्ध हुनुको साथै भर्ना अभियान समेत प्रभाबित भएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here