पुर्व सांसद गुप्ताद्वारा लहावर थकरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन

0
165
Ad_Article_Top
Share

वीरगंज, बैशाख ९
लहावर थकरी प्रिमियर लिग २०७६ क्रिकेट प्रतियोगिताको आज नेकपा नेता एवं पुर्व सांसद राजकुमार गुप्ताले उद्घाटन गर्नुभएको छ । पर्साको पकहामैनपुर गाँउपालिका वडा नम्बर ४ सानो लहावर थकरीमा आयोजित प्रतियोगितालार्ई उद्घाटन गर्दै नेता गुप्ताले यस क्षेत्रको खेलाडीको बिकाशको लागि आफु सदैव तयार रहेको बताउनुभयो । उहाँले यसै आर्थिक बर्षभित्र पकाहा मैनपुरमा खेल मैदान निर्माण गर्ने घोषणा समेत गर्नुभयो । नेकपा नेता मदन पासवानको अध्यक्षताम भएको कार्यक्रममा नेकपा युवा नेता तेजप्रकाश निसाद,मदन कुर्मी, अकलेश साह,रवि गुप्ता संचारकर्मी छठु साह लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here