विन्दवासनी गाँउपालिकामा शिक्षक महासंघको शपथ ग्रहण कार्यक्रम सम्पन्न

0
136
Ad_Article_Top
Share

वीरगंज,बैशाख १०,संजिव मिश्र
पर्साको विन्दवासनी गाँउपालिकामा शिक्षक महासंघको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक महासंघ बिन्दवासनीका अध्यक्ष धर्मेन्द्र कुमार चौवेको अध्यक्षतामा कार्यक्रम भएको थियो । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख किरण देवी गुप्ता, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादव,नेपाल शिक्षक महासंघ पर्साका सचिव बिनोद गिरी, शिक्षक शिवनाथ थारु, वृजमोहन तिवारी, दिनेश चौरसिया ,लक्ष्मण प्रसाद लगायतको धारणा राख्नुभएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष चौवेले शपथ ग्रहण गराउनुभएको थियो । १५ सदसीय समितीकोे उपाध्यक्षमा ध्रुव प्रसाद साह, सह अध्यक्ष मुकलेश राउत गद्दी,सचिव सुनिल चौरसिया, सह सचिवमा प्रमोद चौरसिया रहनुभएको छ । राधाकृष्णा चौरसिया माध्यमिक बिद्यालय बहुअर्वा भाठामा आयोजित कार्यक्रमको सहजीकरण शिक्षक मुकलेश गद्दिले गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here