तरुण दलद्वारा कोन्हीयामा ७५ थान ईमरजेन्सी लाईट बितरण

0
90
Ad_Article_Top
Share

वीरगंज, बैशाख १७
भिजी फाउण्डेशनको सहयोगमा नेपाल तरुण दलले आज ७५ थान ईमरजेन्सी लाईट बितरण गरेको छ । हावाहुरीबाट प्रभावित बिरगंज ३० कोन्हीयाका श्री लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयका कक्षा ९ र १० का ७५ जना विधार्थीहरुलाई सो लाईट बितरण गरिएको हो । नेपाल तरुण दल क्षेत्रिय अध्यक्ष अनिल यादवको नेतृत्व र हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान प्रसाद यादव को प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता अनिल श्रीवास्तव, बिद्यालयका प्रधानाध्यापक. देवनारायण यादव, तरुण दलका क्षेत्रिय सचिव सनोज यादव , त्रिलोकी कुशवाहा, राजेश मण्डल लगाएतको उपस्थिति रहेको तरुण दलका जिल्ला सचिव विवेक चौरसियाले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here