एभिन्यूज टेलिभिजनकोे वीरगञ्ज व्यूरो कार्यालयमा तोडफोड

0
180
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज, बैशाख ३० मोहनलाल पंडित

एभिन्यूज खबरको वीरगञ्जस्थित व्यूरो कार्यालयमा आज दिउँसो तोडफोड भएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्तालाई लिएर आक्रोशित समाजवादी पार्टीका कार्यकर्ताहरुले वीरगंज व्युरो कार्यालयमा तोडफोड गरेका हुन । घटनाको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ पर्साका अध्यक्ष दिलिप प्रधान लगायत बिभिन्न संघ संस्थाहरुले आक्रमणको भत्र्सना गर्दै दोषि माथि कडा कारवाहीको मांग समेत गर्नुभएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई ,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल लगायतको टोली पुगी कार्यायलको निरीक्षण गरेको छ । आक्रमणबाट कार्यालयमा भएको क्षतिको बिवरण आउन बाँकी रहेको र अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here