बीमा समितिले कार्टेलिङ गर्छ : मेयर सरावगी

0
110
Ad_Article_Top
Share


३० बैशाख, वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बीमा समितिले ‘कार्टेलिङ ’ गरेको आरोप लगाएका छन् । समान बेच्ने बीमा कम्पनीलाई मुल्य निर्धरण गर्न नदिएर बीमा समितिले हस्तक्षेप गर्ने गरेको उनको तर्क छ ।
शान्तिको धुनसँगै सुरक्षाको सुरुवात भन्ने नारा बोकेर स्थापित अजोड इन्योरेन्सको वीरगञ्जमा क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै सरावगीले बीमा समितिको मनोपोलीले नेपालका बीमा कम्पनी फष्टाउन नसकेको टिप्पणी गरे ।

‘समान कम्पनीले बेच्नुपर्छ, तर दर बीमा समितिले निर्धारण गर्छ, बीमा समितिको मनोपोलीले गर्दा नै हामीले यहाँ बीमा नगरेर बाहिर जानुपरेको छ ।’ उनले भने ‘ पुरानो परम्परालाई बोकेर हुन्न, लागत बेसको आधारमा दर निर्धारण गर्न बीमा कम्पनीलाई स्वतन्त्र छोड्नुपर्छ । ’
बीमा समितिले प्रिमियममा १ प्रतिशत रकम लिएर पनि बीमा सचेतनाका लागि कुनै कार्यक्रम नगरेको उनको भनाई छ । कुनैपनि व्यवसायको बीमा गर्दा त्यसले राजश्वसँग ईजाजत लिएको छ कि छैन, महानगरपालिकामा दर्ता छ कि छैन ? जस्ता कुराहरुमा ध्यान दिन उनले सुझाव दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले बीमा कम्पनी जति धेरै भए उति प्रतिश्पर्धा बढ्ने र त्यति नै नीजि क्षेत्रले फाईदा पाउने बताए ।


०६४ चैत २० गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको अजोड इन्स्योरेन्स कम्पनीलाई चैत २४ गते बीमा समितिले लाईसेन्स दिएको थियो । १ अर्ब अधिकृत पूँजी रहेको समितिले संस्थापक सदस्यबाट ७० करोड उठाईसकेको र बाँकी ३० करोड सर्वसाधरणका लागि शेयर जारी गर्ने तयारी गरिरहेको छ ।

६ वटा क्षेत्रिय कार्यालय र २३ वटा शाखा कार्यालय गरी ३० वटा शाखा कार्यालय १५ वटा बीमा काउन्टर र एउटा ग्राहक सेवा केन्द्र मार्फत ७ वटै प्रदेशमा बीमा सेवा प्रदान गर्न सक्षम भएको कम्पनीका उप–कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । कम्पनीले निर्जीवन बीमा व्यवसाय अन्र्तगत सम्पति बीमा, मोटर बीमा, सामुद्रिक बीमा, ईन्जिनियरिङ बीाम, हवाई बीमा, कृषि तथा पशु बीमा, लघु बीमा लगायतका बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले छिटो छरितो दावी भुक्तानी गर्ने गरेको दावी पनि पाण्डेले गरे । ‘कम्पनीमा प्राप्त दावी संख्या १८९ मध्ये १६३ वटा दावी बराबर १ करोड ३३ लाख ८२ हजार दावी भुक्तानी गरिएको छ । कम्पनीमा प्राप्त दावीको ८६ प्रतिशत भुक्तानी हुनुलाई राम्रो मान्नैपर्छ ।’ उनले भने ‘ दावी भुक्तानीलाई अझै सरल, छिटो, छरितो, चुस्त र पारदर्शी बनाउन लागि परेका छौं । फाष्ट ट्र्याक दावी भुक्तानी नीति अबलम्बन गरेर २ लाख सम्मको दावी भुक्तानी तत्कालै गर्ने व्यवस्था मिलाएका छौं ।’
बीरगञ्ज क्षेत्रिय कार्यालय पछि जीतपुर सिमरा, बर्दिबास, दमक, टिकापुरमा समेत कम्पनीले शाखा खोल्ने तयारी गरिरहेको अजोड बीगञ्ज क्षेत्रिय प्रबन्धक हुलास यादवले जानकारी दिए । ‘कम्पनीमा प्राप्त दावी संख्या १८९ मध्ये १६३ वटा दावी बराबर १ करोड ३३ लाख ८२ हजार दावी भुक्तानी गरिएको छ । कम्पनीमा प्राप्त दावीको ८६ प्रतिशत भुक्तानी हुनुलाई राम्रो मान्नैपर्छ ।’ उनले भने ‘ दावी भुक्तानीलाई अझै सरल, छिटो, छरितो, चुस्त र पारदर्शी बनाउन लागि परेका छौं । फाष्ट ट्र्याक दावी भुक्तानी नीति अबलम्बन गरेर २ लाख सम्म को दावी भुक्तानी तत्कालै गर्ने व्यवस्था मिलाएका छौं ।’


बीरगञ्ज क्षेत्रिय कार्यालय पछि जीतपुर सिमरा, बर्दिबास, दमक, टिकापुरमा समेत कम्पनीले शाखा खोल्ने तयारी गरिरहेको अजोड बीगञ्ज क्षेत्रिय प्रबन्धक हुलास यादवले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here