एभिन्यूज कार्यालयमा समाजवादी पार्टीको आक्रमणमा संलग्नलाई कारवाही गर्न महासंघको माग

0
306
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, ३० वैशाख÷

एभिन्यूज टेलिभजिनको ब्युरो कार्यालयमा तोडफोड भएको छ । दिउँसो १ बजेतिर मोटरसाइकलमा आएका आधा दर्जन यूवाहरुले एभिन्यूज टिभीको वीरगञ्ज श्रीपुर स्थित स्टुडियो समेत रहेको ब्युरो कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरुले कार्यालयको बाहिर रहेको टिभी च्यानलको होर्डिग बोर्ड च्यातेर फाल्नुका साथै भित्र पसेर स्टुडियो र रिसेप्सनको सिसासमेत फुटाएका छन् । कार्यालय तोडफोड गर्नेहरुको सिसिटिभी क्यामेरामा भिजुअल फुटेज रेकर्ड रहेकोले उनीहरुको पहिचान खुलेको भएपनि प्रहरीले कानूनी दायरामा ल्याउन सकेको छैन । काठमाडौंमा रहेको एभिन्यूज टेलिभजिनबाट आइतबार साँझ प्रसारित समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर वीरगञ्जस्थित ब्युरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको दाबी रहेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एभिन्यूज टेलिभिजनको कार्यलयमा तोडफोड भएको घटना प्रेस माथिको नाङ्गो आक्रमण भएको बताएका छन् । उनले तोडफोडमा संलग्नलाई पक्राउ गरी अविलम्व कारवाहीको माग एक विज्ञप्ती मार्फत गरेका छन् । उनीद्वारा हस्ताक्षरित विज्ञप्तीमा एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा प्रतिशोधपूर्ण रुपमा गरिएको तोडफोड प्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाको गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख गर्दै लोकतन्त्रमाथि बिश्वास राख्ने समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले सञ्चारसंस्थामा तोडफोड गरेर लोकतन्त्र प्रतिको आस्था माथिको समेत प्रश्न चिन्ह खडा गरेका छन् भनिएको छ ।

विज्ञप्तीमा लोकतान्त्रिक बिधि र पद्दतीको उपहास हुने गरी हिंसायुक्त संस्कृतिलाई प्रश्रय दिने नियतका साथ गरिएको यस्तो क्रियाकलापको नेपाल पत्रकार महासंघ पर्सा शाखा घोर निन्दा गर्छ भनिएको छ । विज्ञप्तीमा कुनै एउटा घटना विशेषलाई आधार बनाएर संचार संस्थाहरुमा भौतिक हमला गरिनु भनेको समाजवादी पार्टीको सञ्चारलाई हेर्ने दृष्टिकोण दर्शाएको कुरा उल्लेख गर्दै संचारको आलोचनात्मक प्रस्तुतीलाई नियतवस संकुचन गर्ने अप्रजातान्त्रिक र अमर्यादित काममा उक्त पार्टीका कार्यकर्ताहरुको संलग्नता हुनुले लोकतान्त्रिक मुल्य र मान्यता एवं स्वतन्त्र प्रेस माथि समेत प्रहार भएको हाम्रो ठहर छ भनिएको छ ।

विज्ञप्तीमा हिंसा र अराजकतालाई बढावा दिने संस्कृतिलाई बढ्न नदिन तोडफोडको घटनामा संलग्नलाई तुरुन्त कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायस“ग जोडदार माग गर्दछौँ भनिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here