पर्साको ग्रामीण क्षेत्रका नाकाहरुबाट तस्करीमा वृद्धि

0
31
Ad_Article_Top
Share

३१ बैशाख २०७६
बिरगंज– पर्साका ग्रामीण क्षेत्रका नाकाहरुबाट पुनः तस्करीमा वृद्धि भएको छ । जिल्लाको भिस्वा बुड्गाइ, मिर्जापुर जानकी टोला सबैठवा पान्डेपुर महादेव पटि बिजय बस्ती बस्ती र ठोरी नाका बाट व्यापक मात्रामा गिटि बालुवाको तस्करी भईरहेको छ । भारत बाट पनि भन्सार छली पितल को भाडाकुडा कपडा र धानको व्यापक मात्रामा तस्करी भैरहेको छ । तस्करी गरिएको भाडाकुडा र कपडाहरु प्रहरीकै सहयोगमा पर्साको सुवर्णपुर र भिस्वा बाट चल्ने रात्रि बस तथा टाटा सुमोमा बिरगंज जितपुर हुँदै काठमाडौ सम्म पुग्ने गरेको स्थानीयले बताएका छन । यसबारे पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले तस्करी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी खटाइने र त्यसतो भेटिए हदैसम्म को कार्वाही गरिने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here