प्रदेश नम्बर दुईको बैठक सुचारु

0
38
Ad_Article_Top
Share


३१ बैशाख २०७६
बिरगंज–सांसदलाई एक करोडको योजना दिने सहमतिपछि दुई नम्बर प्रदेशको बैठक सुचारु भएको छ । बैठकमा प्रदेश सरकारले प्रदेश प्रशासनिक अधिकारी राख्न सक्ने गरी बनेको प्रदेश प्रशासनसम्बन्धी विधेयक टेबल भएको छ । प्रदेश २ को प्रदेशसभा बैठक लामो समयदेखि बस्न सकेको थिएन । तर, हिजो सरकार र विपक्षी दलहबीच सहमति जुटेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार प्रदेश निर्वाचन क्षेत्रमा १ करोडको योजना दिने सहमति भएको छ । यो रकम प्रदेशसभा सदस्यले सिफारिस गरेको योजनामा खर्च हुनेछ । निर्वाचन क्षेत्रको बजेट सहमतिको आधारमा समिति गठन गरी खर्च गर्ने सहमति भएको उनले बताए । प्रत्यक्ष निर्वा्चित सांसदको नेतृत्व बन्ने समितिमा अन्य सांसदहरुलाई सदस्य राखिनेछ । यस्तै वीरगञ्जको वीपी उद्यानमा शहीद स्मारक पनि सहमतिका आधारमा निर्माण गर्ने सहमति भएको छ । साथै राहत पाउन बाँकी रहेका सहिद परिवारको तथ्यांक संकलन गरी चाँडै राहत दिने सहमति भएको नेताहरले बताएका छन् । बैठकमा मन्त्री यादवले प्रदेश प्रशासनसम्बन्धी विधेयक २०७५ टेबल गरेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here