स्थापना दिवसको अवसरमा युवा संघले आश्रममा खाना खुवायो, नेकपा नेता अंसारीले आश्रममा आश्रितलाई नयाँ कपडा दिने घोषणा

0
327
Share


वीरगंज,
युवा संघ नेपालले २९ औं स्थापना दिवसको अवसरमा वीरगंज स्थित मानव सेवा आश्रममा खाना खुवाएको छ । युवा संघ पर्साले आज बिहान आश्रममा आश्रित ३३ जना लक्ष्मीनारायणहरुलाई खाना खुवाएको हो ।संघका पर्सा अध्यक्ष श्याम गुप्ताको अध्यक्षता एवं नेकपा प्रदेश सभा सदस्य बालगोपाल थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेता विश्मभर शर्मा, लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता एवं नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीले आश्रममा आश्रित ३३ जनालाई नयाँ लता कपडा किन्ने र आश्रममा रहेका मानसिक बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य वृजलाल पासवान, पर्सा अध्यक्ष अनुप तिवारी, युवा संघका मोहम्द निजाम, अनिल पटेल, अकलेश साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण युवा संघका अरुण यादवले गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here