एभिन्युज टेलिभीजनमा आक्रमण गर्ने बिरुद्ध महासंघ कडा आन्दोलनमा जाने

0
142
Ad_Article_Top
Share


वीरगंज,जेठ १
नेपाल पत्रकार महासंघको सभाहलमा आज सम्पन्न पदाधिकारीको बिशेष बैठकले एभिन्युज टेलिभीजनमा आक्रमण गर्ने जो कोहीलाई पनि कानूनको दायरामा नल्याउञ्जेल जस्तोसुकै आन्दोलन पनि गर्न पछि नपर्ने निर्णय गरेको छ । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अन्र्तवार्ता प्रकरणमा समाजवादी पार्टीका कार्यकर्ताहरुले एभिन्युज टेलिभिजनको वीरगंज व्युरो कार्यालयमा गरेको आक्रमणको बिरोध स्वरुप महासंघ पर्साले सो निर्णय गरेको हो । महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराको अध्यक्षतामा भएको बैठकले संसदमा दर्ता मिडिया काउन्सिल बिद्ययक बारेमा समेत छलफल गरेको थियो । बैठकमा महासंघका प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पत्रकार अनुप तिवारी, युवराज खड्का, जगत राई, भुषण यादव क्रान्ति साह, शंकर खतिवडा, निरज पिठकोठे, बिजय भण्डारी, जितेन्द्र साह, राजु श्रेष्ठ, सुरेश बिडारी लगायतको सहभागिता रहेको थियो । आजै महासंघ पर्सा शाखाको अध्यक्षको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले एभिन्युज टेलिभिजमा आक्रमण गर्नेहरुलार्य पक्राउ गरि कानूनी दायारामा ल्याउन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अनन्तराज शर्मालाई आग्रह गरेको थियो । टेलिभिजनको तर्फबाट दिइएको जाहेरीको दर्ता नम्बर ५७७ रहेको छ । केही सार्वजानीक शान्ति खलल पुर्याएको मुद्दा दर्ता भएको कुरा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here