बैक भित्र भेटिएको लाख रुपैयाँ मानव सेवा आश्रम शाखालाई

0
97
Ad_Article_Top
Share


२ जेठ, वीरगञ्ज
वीरगञ्ज स्थित मेघा बैंकको शाखा कार्यालयमा दुई युवकले फेला पारेको एक लाख रुपैयाँ मानव सेवा आश्रम वीरगञ्ज शाखालाई प्रदान गरिएको छ । रकम भेटिएको दावी गर्न कोहि नआएपछि मानव सेवा आश्रम शाखालाई प्रदान गरिएको हो ।
रौतहट यमुनामाई गाउँपालिका वडा नं ३ घर भई वीरगञ्ज महानगरपालिका वडा नं –८ पानीट्याङकी बस्ने २० बर्षिय प्रिन्स कुमार मुखिया र उनका साथी वीरगञ्ज– १४ पिप्रा बस्ने हरिओम भनिने प्रिन्स कुमार पटेलले गत चैत २८ गते मेघा बैंकमा जाँदा एक लाख रुपैयाँ फेला पारेका थिए ।
कामको शिलशिलामा दिउँसो २ बजेतिर बैंक जाँदा भौचर भर्ने ठाउँमा राखिएको टेबलको पछाडिबाट फेला परेको रकम त्यसको भोलिपल्ट प्रहरीको जिम्मा लगाईएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराको उपस्थितिमा मुखियाले भेटाएको १ लाख प्रहरीको जिम्मा लगाएका थिए ।

चैत २८ गते मेघा बैंकमा भेटिएको रकम जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउँदै प्रिन्स कुमार मुखिया ।

प्रहरीले पैसा आए लगत्तै मेघा बैंकको सिसिटिभी फुटेज हेर्ने, बैंकसँग समन्वय गर्ने लगायतका अनुसन्धानको प्रक्रिया शुरु गरेको थियो । विभिन्न सञ्चार माध्यमबाट समाचार समेत सार्वजनिक भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारिक फेसबुकबाट पनि पैसा फेला परेको सार्वजनिक गरिएको थियो । तर दावी गर्न कोहि पनि आएनन् ।

एक महिना वितिसक्दा समेत कोहि पनि रकमका लागि दावी गर्न नआएपछि मानव सेवा आश्रम शाखालाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘भाईहरुले रकम पाएपछि प्रहरी कार्यालयमा ल्याएर बुझाउनुभएको थियो । त्यसपछि हामीले रकम भेटिएको ठाउँमा गएर हेर्ने, सिसिटिभी फुटेज हेर्ने लगायतका अनुसन्धान पनि ग¥यौं । बैंक र प्रहरी कार्यालयमा कतैपनि पैसा हराएको उजुरी आएन ।’ उनले भने ‘ त्यसपछि सबैको सर सल्लाहमा मानव सेवा आश्रम शाखामा बुझाउने निर्णयमा पुगेका हौं ।’
मानव सेवा आश्रम शाखाका अभिभावक डा दिपक शाक्यले एक लाख रुपैयाँलाई फिक्स डिपोजिटमा राखिने बताए । ‘ मानव सेवा आश्रम शाखाको नाममा एउटा ट्रष्ट खडा गरौं भन्ने सोच हामीले बनाएका थियौं । यसैलाई सिड मनीको रुपमा लिन्छौं ।’ डा शाक्यले भने ‘ यो पैसा खर्च गर्दैनौं, बरु यसमा अरु सहयोग जुटाउँछौं र त्यसबाट आएको व्याजको रकमलाई मानव सेवा आश्रममा जरुरी पर्दा खर्च गर्छौ ।’
२०७४ जेठ १५ गतेबाट सेवा आरम्भ गरेको मानव सेवा आश्रम शाखामा सडकमा अलपत्र परेका सहयोगापेक्षी मानिसलाई गाँस, बास, कपास र औषधी उपचारको व्यवस्था गर्ने गरिएको छ । आश्रम शाखामा अहिले १ नवजात शिशु, २ जना बालक सहित ३३ जना सहयोगापेक्षी महानुभवावहरु आश्रित छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here