सीमावर्ती भिखनाठोरीका भारतीयले ठोरीका ५ जना नेपालीलाई कुटे

0
188
Ad_Article_Top
Share


२ जेठ, वीरगञ्ज

पर्साको ठोरीसँग जोडिएको सीमावर्ती भारतीय बजार भिखनाठोरमा ५ जना नेपाली कुटिएका छ । भिखनाठोरीमा लागेको हाटबजारमा गएका पाँचजना नेपालीलाई भारतीयले कुटपिट गरेका हुन् । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ का विष्णु विष्ट, सुन्दर बस्तीका ५३ वर्षीय कमल खवास, इच्छानगरकी २१ वर्षिया सदिक्षा पन्त, १२ वर्षिया सुष्मा पन्त र परिचय खुल्न नसकेकी एक बालिकालाई भिखनाठोरीस्थित टिम्बरलाइनका भारतीयहरुले कुटेर घाइते बनाएका हुन् ।

कुटाइबाट घाइते भएका महिला तथा पुरुषको शरीर भरी निलडाम छ । हाटबजारमा किनमेल गर्न जाँदा आफूहरुलाई भारतीयले नियन्त्रणमा लिएर बाँसको भाटाले हिर्काएको घाइते विष्णु विष्टले बताउनुयो । उहाँका अनुसार भारतीयहरुले आधा घण्टा जति कब्जामा लिएर कुटपिट गरेका थिए । केही दिनअघि ठोरीमा मजदुरी गर्न आएका भारतीयहरु खेतमा हिँडेर बाली कुल्चिएपछि ठोरीका स्थानीय र उनीहरुबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर आज उनीहरुले नेपालीहरुलाई कुटपिट गरेको हुन सक्ने माइती नेपाल ठोरीकी मिना गिरीले बताउनुभयो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर बिक र ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तको टोलीले भारतीय सीमा सुरक्षाबल (एसएसबी)सँगको समन्वयमा उनीहरुको उद्दार गरेका थिए । नेपालीहरु माथि कुटपिट गर्ने रवि साह लगायत दुई जना व्यक्तिलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक बिकले बताउनुभयो ।

कुटपिट गर्ने व्यक्तिहरु विरुद्ध भारतको सुभद्रा थानामा बिहीबार नै किटानी जाहेरी दिईएको छ । नेपालतर्फ भारतीय नागरिकमाथि दुव्र्यवहार गर्नेलाई पनि कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here