पर्साको जिराभवानीमा भाईले गोली हान्दा दाई गम्भिर घाईते

0
112
Ad_Article_Top
Share

२ जेठ, वीरगञ्ज
पर्साको जिराभवानी गाउँपालिकामा घरायसी विवादमा गोली चल्दा एक जना गम्भिर घाईते भएका छन् । जिराभवानी गाउँपालिका वडा नं १ महादेवपट्टीको बलुवामा गोली चल्दा स्थानीय ४८ बर्षिय शेख फारुक गम्भिर घाईते भएका हुन् ।
दायाँ पाखुरामा गोली लागेका उनको वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेशनल मेडिकल कलेज रिफर गरिएको छ । फारुकलाई आफ्नै कान्छो भाई ३८ बर्षिय शेख सेराजुद्धिनले गोली हानेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आषिश अधिकारीका अनुसार उनको साथबाट नल कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने रिफिल गोली ३ थान र एउटा खोका बरामद भएको छ । सेराजुद्धिनलाई पेस्तोल र गोली सहित नियन्त्रणमा लिएर राखिएको प्रहरीले जनाएको छ । के विषयमा घरायसी विवाद भएको हो र किन उग्र रुप लिएको हो ? भन्ने बारे तथ्य बाहिर आएको छैन । गाउँमा जेठाजु बुहारीबीच अनैतिक सम्बन्धका कारण घटना भएको चर्चा छ ।
तर प्रहरीले भने त्यसबारेमा पुष्टी भईनसकेको बताएको छ । गोली चलेको घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here