२६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा पर्साद्वारा बिचार गोष्ठी

0
128
Ad_Article_Top
Share

वीरगंज, जेठ ३
नेकपा पर्साले आज २६ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक बर्ष बिषयक बिचार गोष्ठी सम्पन्न गरेको छ । केन्द्रिय सदस्य रामचन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व सांसद राजकुमार गुप्ता, नेताहरु बालगोपाल थापा, जिल्ला अध्यक्ष प्रभु हजरा बाबुराम कौसिक, रामबाबु बैठा लगायतकाले धारणा राख्नुभएको थियो । वक्ताहरुले मदन भण्डारीले देखाएको बाटोमा हिडन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । केन्द्रमा पार्टी एकिरण भएपनि तल्लो तहमा एकता हुन नसकेको भन्दै चाडै यसबारे बिचार गर्न आग्रह गनुभएको थियो । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवा नेता अरबिन्द सिंह , तेजप्रकाश जिषाद ,किसोरी कुशवाहा अकलेश साह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिवजि गुप्ताले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here