मिडिया काउन्सिल विधेयकको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा प्रदर्शन

0
40
Ad_Article_Top
Share


वीरगंज, जेठ ३
नेपाल पत्रकार महासंघ पर्सा शाखाले मिडिया काउन्सिल विधेयकको विरोधमा आज प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष अगाडी धर्ना दिदै पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पत्रकारहरुले आफनो पेशामा प्रयोग हुने समाग्रीहरुको प्रदर्शन गदैै विधेयकको विरोध गरे । सो अवसरमा बोल्दै प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले संघ र प्रदेश सरकारले गणतन्त्र र लोकतन्त्रका प्रमुख संवाहक प्रेस माथी अधोषित तरिकाबाट प्रतिबन्ध लगाउने तानाबाना बुनेको आरोप लगाए । उनले संघ सरकारले मिडिया काउन्सिल विधेयक ल्याउनु र त्यसको सिको गरेर प्रदेश सरकारले ल्याएको संचार बिधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने षयन्त्र भएको आरोप लगाए । प्रदेश उपाध्यक्ष केसी लामिछानेले प्रदेश सरकारले महासंघसंग गरेको छलफल, प्रतिबद्धता विपरित संचार विधेयक दर्ता गराएको बताए । उनले वर्तमान संघ र प्रदेश सरकार संचार मैत्री नभएको र तानाशाही बाटो अवलम्ँबन गरेको आभास हुन लागेको बताएका थिए । विरोध कार्यक्रम शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको थियो भने प्रदेश सदस्य जगत राईले पनि विधेयकको विरोध गरेका थिए
। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका सदस्य संजिव मिश्रले गर्नुभएको थियो । ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here