वीरगंज कलेजले यस बर्षदेखि सि.एको कक्षा संचाल्न गर्ने

0
173
Ad_Article_Top
Share


वीरगंज,जेठ ३
वीरगंज कलेजले यस बर्षदेखि चार्टर्ड एकाउन्टेन्ट (सि.ए)को कक्षा संचाल्न गर्ने भएको छ । आज कलेजमा पत्रकार सम्मेलन गरी कलेज यसबर्ष देखि सि.एको कक्षा संचाल्न गर्न लागेको जनाएको हो । कलेजले सि.ए पढने बिद्यार्थीले बि.बि.एस, पढ्न चाहेमा बि.बि.एस.को शुल्कमा ५० प्रतिशत सम्म छुट दिने जनाएको छ । कलेजले गत बर्षदेखि नेपालमै पहिलो पटक एकाउन्टीङ टेकनिसियन (ए.टी) कोर्ष संचाल्न गरेको जनाएको छ । कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रबन्ध निर्देशक बिनोद गुप्ता, कोडिनेटर प्रेम पटेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार मनोज पटेलले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here