सम्पत्तिले गर्दा खण्डेलवाल परिवारमा भयंकर कलह

0
188
Ad_Article_Top
Share

अंश काण्डले तनावै तनाव, पाँच भाई एकातिर, एक भाई अर्कोतिर

१३ जेठ, वीरगञ्ज
व्यापारिक घराना खण्डेलवाल परिवारमा यतिबेला निकै तनाव उत्पन्न भएको छ । बाहिरको कुनै मानिस अपत्यारिलो रुपमा प्रवेश गरेर पशुपति खण्डेलवालको सुन्दर परिवारमा तनाव उत्पन्न गराएका छन् । धमिरा झै प्रवेश गरी इज्जत प्रतिष्ठा समाप्त गर्ने दुरगामी योजना दुष्टहरु लागेको बताइन्छ ।
स्व. कृष्ण अवतार खण्डेलवालका ६ भाई छोराहरुमा उहिलेदेखि मित्रवत्र सैहाद्रपूर्ण सम्बन्ध रहँदा रहँदै पनि अंश मुद्दामा घरपरिवार रुमल्लिएको छ । पाँचौ नम्बरका भाई सुनिल खण्डेलवाल लामो समयदेखि जापानमा बसेर पेशा व्यवसाय गर्दै आएका थिए । पछिसम्म आपसी मित्रता र एकताको उदाहरण प्रस्तुत गरेपनि उनी आठ महिना अघि वीरगञ्ज फर्के लगत्तै केहि गलत मनोवृति भएका दुष्टहरुले सुनिललाई उचालेर मुद्दा हाल्नुका साथै प्रतिष्ठा हरण गराउन कुनै कसर बाँकी नराखेको कुरा सुनिलका आफन्तहरु बताउँछन् ।
सुनिलको घरपरिवारले आपसी सहमतिमा समस्या समाधानका लागि बराम्बार पारिवारीक छलफल, भद्रभलादमी एवं आफन्त र सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरुको बीचमा पञ्चायति मार्फत समस्या समाधान गर्न पाँच भाई सहमत देखिएपनि सुनिलको अनावश्यक मागदाबीले सबैलाई आश्चर्यचंकित बनाएको समाचार छ ।
अझ उल्टै सुनिलले आफ्नै दाजुहरुले आक्रमण गरेर घाइते तुल्याएको भन्दै प्रहरी प्रशासन र अड्डा अदालतमा मनगडन्ते र निराधार कुराहरु गरेपछि दाजुभाईको बीचमा यतिबेला निकै ठँलो तनाव उत्पन्न हुनुका साथै सुनिलको उहिले देखिको मानसिक रोगलाई परिक्षण गर्न सामाजिक दवाब पर्न थालेको छ ।
घरपरिवारमा तनाव सृजना गरेर स्वार्थपँर्ती गर्न लागेकायक्तिहरुलाई अब भने नाङ्गे झार बनाउने र कानँनले दिएको पैत्रिक सम्पतिमा सुनिललाई समेत भागिदार बनाउने सहमतिमा पाँच भाई पुगेपछि घटनाले नयाँ मोड लिने र उचाल्नेहरुको अभिष्ट चक्नाचुर हुने बताइन्छ ।
सामाजिक न्यायको आधारमा कानँनले ठहर गरेको सम्पति समान ढङ्गले उपभोग गर्ने हकलाई सुरक्षित गर्न घरपरिवारको बीचमा एकता भएपछि सुनिल समेत उत्साहित बन्नुपर्नेमा उल्टै पारिवारिक विद्रोहमा लाग्नु र खुट्टा भाँचिदिएको, तनाव दिएको, घरमा बस्न नसक्ने अवस्था सृजना गरिएको भन्ने मनगडन्ते कुराहरु गरेर छरछिमेकी, आफन्त एवं घरपरिवारको आपसी सम्बन्धमा दरार ल्याउने काम भएपनि अब भने भद्रभलादमी र बुजु्रकहरुले गर्ने पञ्चायतीलाई पालना गर्ने मनस्थितीमा पाँच भाई पुगेपछि सुनिलको दाउपेच हात्ती आयो हात्ती आयो फुस्सामा परिणत हुने त होईन भन्ने आशंका सृजना गरिदिएको छ । यसबारेमा पशुपति खण्डेलवाल र सुनिल खण्डेलवालसँग बारम्बार भेट गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here