१२ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी वीरगंजमा पनि मनाईयो

0
227
Ad_Article_Top
Share


वीरगंज, जेठ १५
१२ औं गणतन्त्र दिवस वीरगंजमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसको अवसरमा आज घण्टाघरबाट प्रभातफेरी निकालिएको छ । गणतन्त्र मुल समारोह आयोजक समिती पर्साले आयोजना गरेको प्रभातफेरी नगरको बिभिन्न भाग परिक्रममा गरी पुन घण्टाघरमा पुगी समारोहमा परिणत भएको थियो । मुल समारोह आयोजक समितीका सभापति एवं जिल्ला समन्वय समितीका सभापति नेक महम्द मियाँयको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, उपमेयर शान्ति कार्की नेकप पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भटराई , वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतको धारणा राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक दलका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here