हरी खेतान क्याम्पस QAA प्रमाण पत्र प्राप्त गर्न सफल

0
155
Ad_Article_Top
Share



वीरगंज, जेठ १६
वीरगंजमा रहेको हरी खेतान बहुमुखी क्याम्पसले गुणस्तरी मापन प्रत्यावन (QAA) प्रमाण पत्र प्राप्त गरेको छ । हरीखेतान बहुमुखी क्याम्पसको शिक्षाको गुणस्तरीयतालाई कदर गर्दै विश्वबिद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीले सो प्रमाण पत्र प्रदान गर्नुभएको हो । क्याम्पसले आज पत्रकार सम्मेलन गरी प्रदेश २ मा हरी खेतान बहुमुखी क्याम्पस सो प्रमाण पत्र पाउने पहिलो क्याम्पस भएको जनाएको छ । प्रमाण पत्र क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष प्रेम प्रकाश खेतान,क्याम्पसका मुक्त कुमार भुषाल, डा. आलोकचन्द दत्त तथा अन्य कर्मचारीको उपस्थितीमा प्रदान गरिएको थियो । बि.स २०३८ सालमा स्थापना भएको क्याम्पसले मध्य तराईमै उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here