बहुअर्वाभाठामा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न

0
201
Ad_Article_Top
Share


वीरगंज, जेठ २२
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर २ मा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । तालिममा वातावरण सरसफाई सम्बन्धि फाईदा बेफाईदा ,चर्पीको निर्माण, वातारण सम्बन्धि स्थानियको भुमिका लगायत बिषयमा छलफल गरिएको थियो । ८ दिन देखि शुरु रहेको तालिम वडा नम्बर १, २, ३ र ५ मा सम्पन्न भएको र भोलि देखि वडा नम्बर ४ मा हुने समाजिक बिकाश प्रमुख रामप्रवेश साहले जानकारी दिनुभयो । तालिममा दामोेदर प्रसाद यादव र बिक्रम प्रसाद साहले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम वडा अध्यक्ष संजय प्रसाद चौहानको अध्यक्षतामा भएको थियो । बहुअर्वामा आयोजित तालिममा वडा नम्बर २ गम्भिरा साह,बिन्दा कलवार लगायतका जनप्रतिनिधि र स्थानियहरुको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here