सवैठवाम आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ५ महिला सहित ६५ जनाले गरे रक्तदान

0
120
Ad_Article_Top
Share


वीरगंज, जेठ २४

वीरगंज २३ सवैठवाम आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष अवधकिसोर कुशवाहाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ५ महिला सहित ६५ जनाले रक्तदान गरेका थिए । सवैठवा टोलवासीको आयोजना तथा सवैठवा युवा समुहको सहकार्य र समुदाय प्रहरी साझेदारीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपाका युवा नेता अरविन्द सिंह, समाजसेवी प्रकाश थारु, ओमप्रकाश सर्राफ, नेपाली काँग्रेसका युवा नेता दिलिपराज कार्की लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रम श्रीराम जानकी मठमा भएको कार्यक्रम संयोजक अनिशकान्त कुशवाहाले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here