अमरपट्टिमा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न

0
93
Ad_Article_Top
Share


वीरगंज, जेठ २४
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टि मा वातावरण तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । तालिममा वातारण तथा सरसफाई सम्बन्धि फाईदा बेफाईदा, चर्पी निर्माण, वातावरण सम्बन्धि स्थानियको भुमिका लगायत बिषयमा छलफल भएको थियो । वडा अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको तालिममा वडा सदस्य मुकेश साह,हरिन्द्र प्रसाद ,वास संयोजक राजेश यादव, प्रअ अमर यादव, कन्दैया साह, शिक्षक मुकलेश गद्दी लगायत स्थानियको सहभागिता रहेको थियो । तालिममा राजेश प्रसाद यादव र बिक्रम प्रसाद साहले प्रशिक्षण दिनुभएको थियो । युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको आयोजनामा भएको तालिममा असार २१ गते वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गर्ने सहभागि प्रतिनिधिहरुले प्रतिवद्धता जनाउनु भएको थियो । खुल्ला दिशामुक्तको लागि मधवल, अमरपट्टि र झौवामा निगरानी समिती गठन र तालिममा सहभागिहरुलाई पोशाक समेत बितरण गरिएको बिन्दवासनी गाउँपालिकाका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो । दश दिन देखि शुरु तालिम आज सम्पन्न भएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here