पर्साको पारसनाथ मन्दिरलाई जैन सर्किटसंग जोडिने कार्य शुरु

0
128
Ad_Article_Top
Share


वीरगंज,जेठ २४
पर्साको महुवनमा रहेको पारसनाथ मन्दिरलाई जैन सर्किटसंग जोडने कार्य सुरु भएको छ । सखुवाप्रसौनी गाउँपालिकाको महुवन स्थित पारसनाथको मन्दिरको स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि लालबाबु राउत गद्दीले पर्साको पारसनाथ, धनुषाको नेमुनाथ तथा मालीनाथको मन्दिरलाई जैन धर्मावलम्बीहरुको बिच एक सर्किंट स्थापना गर्न प्रदेश सरकार लागी परेको बताउनु भयो ।अखिल भारतीय खत्रगच्छ एडीका महामन्त्रि पदम टाटीयाले आफनो संगठनले अर्वौ रुपैया खर्च गरेर मन्दिर, पोखरी, खेलमैदान, पार्क स्थल, महिला बिद्यालय बनाउने योजना अगाडी बढाईसकेको जानकारी दिनु भएको थियो ।यसले पारसनाथको मन्दिरलाई आधुनिकरण गर्नुका साथै महुवनको कायपलट हुने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै सखुवाप्रसौनी गाउपालिका अध्यक्ष प्रदिप जयसवाले मन्दिर पुनः निर्माणका गाउँपालिकाले १ करोड रकम बिनियोजन गरेको बताउनु भयो ।कार्यक्रममा प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक बैध लगायतको बिषेश उपस्तिथी रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here