दलित समुदायलाई अरु समुदायसँग घुलमिल गराउनुपर्छ : उप प्रमुख कार्की

0
115
Ad_Article_Top
Share

२४ जेठ, वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले दलित समुदायको उत्थानका लागि अन्य समुदायसँग घुलमिल गराउनुपर्ने बताएकी छन् । संवाद मञ्च, नागरिक समाज, संघ संस्था र सञ्चारकर्मीबीच भएको अन्र्तक्रियामा उनले दलितका लागि मात्रै विद्यालय खोल्नु गलत भएको बताईन् ।
सुन्दर शान्त नेपाल परियोजना अन्र्तगत जन जागरण युवा क्लब बाराले आयोजना गरेको कार्यक्रममा बोल्दै उप प्रमुख कार्कीले भनिन् । ‘ महिला महिलामा मात्रै रुमल्लिने, दलित दलितमै अल्झने हो भने विकास हुन सक्दैन । ’ उनले भनिन् ‘ अरु समुदायसँग घुलमिल भएपछि मात्रै उनीहरुले सफा बस्नुपर्छ, विद्यालयमा पढ्नुपर्छ भन्ने कुरा सिक्छन् । दलितका बालबालिकालाई छुट्टै विद्यालयमा पढाउनु पनि कदापी सही हुन सक्दैन ।’
दलित समुदाय भित्रै पनि छुवाछुतको समस्या रहेको बताउँदै उनले दलित अगुवाले पनि आफ्नो मात्रै विकास गरेको आरोप लगाईन् । आरक्षण कोटा निर्धारण गरेकै कारण दलित महिलाको प्रतिनीधित्व स्थानीय तहमा सुनिश्चित भएको उनको ठहर छ ।
बहुदरमाई नगरपालिकाकी उप प्रमुख गायत्रीदेवीले सिमान्तीकरणमा परेका समुदायको उत्थानका लागि सक्दो सहयोग गर्ने बताईन् । उनले लगानीको सदुपयोग हुने खालका योजनामा नगरपालिकाले आर्थिक सहयोग गर्न सक्ने बताईन् ।
परियोजना मार्फत पर्सा र बारा जिल्लाको ४ वटा स्थानीय तहमा सीमान्तकृत समुदायको उत्थान र पहुँच अभिवृद्धिका लागि नागरिक संवाद मञ्च मार्फत कार्यक्रम सञ्चालन भईरहेको छ ।


नागरिक संवाद मञ्च वीरगञ्जका संयोजक ओम प्रकाश सर्राफले दलित समुदायलाई गायत्री महायज्ञमा सहभागी गराउनुको साथै लक्षित समुदायलाई छुट्याएको बजेटका बारेमा सूचनाको हक प्रयोग गरी जानकारी लिएर स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेहि बनाउन सफल भएको बताए । बहुदरमाई नगरपालिका नागरिक संवाद मञ्चका संयोजक राम बहादुरले न्यायिक समिति र संघियताको बारेमा स्थानीयलाई जागरुक बनाईएको बताए ।


परियोजनाले अधिकारका बारेमा सचेत गर्ने मात्रै नभएर सीमान्तकृत समुदायलाई अधिकार प्राप्तीको बाटोमा सँगसँगै अगाडी लैजाने जेजेवाईसीका कोषाध्यक्ष सियाराम यादवले बताए । पर्साको वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र बाराको कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा परियोजना सञ्चालनमा छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here