भारतीय नागरिकको शरीरका विभिन्न भागबाट निक्कियो नेपाली पैसाको बिटो

0
61
Ad_Article_Top
Share

स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय पक्राउ

२९ जेठ, वीरगञ्ज
बाराबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ पिपरा टोल बस्ने चन्देश्वर प्रसादको छोरा २४ बर्षिय वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।
बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा क्षेत्र नजिकैबाट चेकजाँचको क्रममा उनलाई मंगलबार बेलुका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भारतबाट बिआर ०५ एसी ४४८६ नबरको सुपर स्प्लेन्डर मोटरसाईकलमा आउँदै गरेका उनको शरीर खानतलासी गर्ने क्रममा स्रोत नखुलेको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

चन्देश्वरले शरीरको विभिन्न भागमा र मोटरसाईकलमा समेत लुकाएर अवैध रुपमा रकम नेपाल ल्याउँदै गरेको डिएसपी राठौरले बताए । ‘ दुवै खुट्टाको घुडा मुनी पिडौलाको भाग, कम्मर, जिन्स पाईन्टको खल्ती, हेल्मेट र मोटरसाईलको डिक्कीबाट समेत पैसा भेटियो ।’ उनले भने ‘ शंकास्पद रुपमा ल्याउँदै गरेको रकमको स्रोत पनि उनले खुलाउन सकेनन् । त्यसपछि नियन्त्रणमा लिएका हौं ।’
उनलाई आवश्यक छानवीन एवं कारबाहीका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाईएको बारा प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here