हरिखेतान क्याम्पस उत्कृष्ठ शिक्षा दिने तयारीमा सबै भन्दा गुणस्तरिय बनेर देखाइदिन्छौं – डा भगवान यादब

0
69
Ad_Article_Top
Share

वीरगंज, जेठ २९
बीरगंजमा रहेको हरिखेतान क्याम्पस मध्ये तराईमै उत्कृष्ठ र गुणस्तरिय शिक्षा दिने कलेजको रुपमा स्थापित गर्न आवश्यक तयारीका साथ अघि बढेको छ । प्रतिस्पर्धा र प्रबिधी हरेक दृष्टीले शिक्षालाई समयानुल परिमार्जन गर्दै देशको आवश्यकतालाई पुरा गर्ने र अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा समेत खरो उत्रिन सक्ने खालको शिक्षा आजको समयको माग भएको हुनाले आफुहरु सोही अनुरुम भएका स्रोत र साधानको उपयु्क्त परिचालन गरि अघि बढ्न लागि परेको कुरा एक भेटका अवसरमा क्याम्पसका प्रमुख डाक्टर भगवान प्रसाद यादबले बताउनु भयो । आजभोली नियमित जस्तो आगामी शैशिक्ष सत्रदेखि अध्यापनको शैली परिवर्तन र देश काल एवं परिस्थिति अनुकुल ब्यबहारिक ज्ञानको आधारमा अव पठन पाठन गर्न आवश्यक भएको कुरा समेत प्रमुृख यादब बताउनुहुन्छ । उहाँ आफ्ना छात्र छात्राहरुलाई चरित्र निर्माण सहितको वातावरण आफ्नो क्याम्पस सबैको छनौटका माध्यम बन्ने गरि लागि परेको पनि उहाँ बताउनुहुन्छ । बिशेष गरि तल्लो र सिमान्तकृत समुदायले समेत पढ्न पाउनुपर्छ राष्ट्रको मूल धारमा प्रबेश गर्ने खालको अवसर प्राप्त गर्नुपर्छ भनेर गरिव, जेहनदार, सिमान्तकृत एवं दलीत, लोपोन्मूख र महिलाहरुलाई प्राथमिकताको आधारमा भर्ना लिने गरेको र पैसाको अभावमा उच्च शिक्षा हाँसील गर्नबाट कोही पनि बञ्चित हुन नपरोस भनेर शुल्क पनि निर्धारण गरिएको कुरा क्याम्पस प्रशासन बताउँछ । हरेक दिन प्राध्यापकहरु, बिद्यार्थी तथा पुराना एवँ अनुभवी शिक्षाबिदहरुलाई बोलाएर परामर्श गर्ने काममा आजभोली प्रमुख डाक्टर यादब तल्लीन देखिनुहुन्छ । अझ केही दिन पहिला त्रिभुवन विश्व बिद्यालय अनुदान आयोगले प्रदेश नम्बर २ मा नै पहिले पटक क्युएए को प्रमाणपत्र दिएपछि हौसिएको हरिखेतान क्याम्पस दिन प्रतिदिन समयको माग अनुसारको शिक्षा दिने गरि लागिपरेको समाचार प्राप्त हुन आएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here