गाउँमै निशुल्क उपचार पाएपछि ठोरीका सर्वसाधरण दंग

0
320
Ad_Article_Top
Share

ठोरी, ३२ जेठ

विहानै देखि गर्मीले जनजीवन प्रभावित बनेपनि त्यसको कुनै प्रभाव नगरी सर्वसाधरणहरु शनिवार उपचारका लागि पर्साको ठोरी गाउँपालिका २ मा रहेको सरस्वती मावि परिसरमा भेला भएका थिए । बुढ्यौली उमेर होस् या आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान नसकेका स्थानीयले गाउँमै वरिष्ठ चिकित्सकको टोली आउने भएपछि विहानैबाट विद्यालय परिसरमा भिड लागेको थियो । आफ्नै गाउँघरमा वरिष्ठ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरी चिकित्सकै सल्लाह बमोजिम औषधी सेवन तथा सम्बन्धित अस्पतालमा जाने सल्लाह पाउँदा ज्यादै खुशी लागेको स्वास्थ्य परीक्षण गराउन आएका सर्वसाधरणले प्रतिक्रिया दिए । आर्थिक अभावका कारण सामान्य रोगको पनि पहिचान हुन नसके रोग पालेर वसेका सर्वसाधरणले निशुल्क स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभ लिएको समन्य समितिका सल्लाहकार उद्धव सापकोटाले बताए । चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालका वरिष्ठ डा. प्रविण योगीको नेतृत्वमा जनरल फिजिसियन प्रयास लामिछाने, रेडियोलोजोस्ट अमित चौधरी लगायत ९ जनाको चिकित्सकको टोलीले गाउँमै क्यान्सर, पाठेख्घर, स्तन लगायतका बिरामीको स्वास्थ्य परीक्षण गरेपछि सर्वसाधरण खुशीले दंग बनेको सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले बताए । शिविरमा निशुल्क भिडियो एक्स रे समेत उपलब्ध भएकाले सर्वसाधरणले आफ्नो रोगको पहिचान हुने विश्वासका साथ खुशी बनेको रेग्मीले बताए । शिविरमा ३२२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण गराएका मध्ये १४० जनाले निशुल्क भिडियो एक्स रे सेवा लिएको ठोरी समन्वय समाज समिती चितवनका अध्यक्ष चक्रबहादुर कुँवरले बताए । परीक्षण गराएकोमा अधिकाँश महिला रहेको कुँवरले बताए । जस मध्ये २५७ जना महिला र ६५ जना पुरुष बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । १५० जनामा क्यान्सर सम्बन्धी भीआइए परीक्षण गराइएकोमा १ जनामा पाठेघरको क्यान्सर रोग फेला परेको डा. योगीले बताए । ७ जना महिलामा पाठेघरको क्यान्सरको प्रारम्भिक अवस्था फेला परेको, ५ जनामा पित्त थैलीमा पत्थरी, ८ जनाको मृग थैलीमा पत्थरी, १ जनामा पित्त थैलीमा मासु पलाएको बिरामी फेला परेको डा. योगीले बताए । विभिन्न रोगका लक्षण देखा परेको विरामीलाई तत्काल उपचारका लागि उचित परामर्श तथा सुझाव दिने काम भएको डा. योगीले बताए । कार्यक्रम ठोरी चितवन समन्वय समाज समितिका अध्यक्ष कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here