५० लाखको लागतमा बहुअर्वामा सडक ढलान शुरु

0
211
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज, असार ९
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर २ मा सडक ढलान कार्य शुरु भएको छ । बहुअर्वा स्थित जोगिन्द्र प्रसादको घरदेखि बिन्दवासनी जाने पुल सम्म ढलान गर्न लागिएको हो । चार सय मिटर लामो, साढे चार मिटर चौडा र ६ ईन्च सडक ढलान गर्न लागिएको उपभोक्ता समितीका अध्यक्ष आनन्दराज चौहानले जानकारी दिनुभयो । वडा नम्बर २ को भौतिक पुर्वाधार योजना अन्र्तगतको ५० लाखको लागतमा सडक ढलानको कार्य भईरहेको वडा अध्यक्ष संजय चौहानले बताउनुभयो । सडक ढलान कार्यको अनुगमन गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह, सव ईन्जिनियर नागेन्द्र कुशवाहा लगायतकाले गर्नुभएको प्रेस सल्लाहकार संजिव मिश्रले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत साहले उपभोक्ता समितीका पदाधिकारीहरुलाई नियम अनुसार ढलान निर्माण गर्न निर्देशन दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here