प्रसौनी गाँउपालिकाको चौथो गाँउ सभा सम्पन्न

0
94
Ad_Article_Top
Share

वीरगंज, असार ९,मोहनलाल पंडित
बाराको प्रसौनी गाउँपालिकाको चौथो गाउसभा आज सम्पन्न भएको छ । गाँउपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षतामा भएको परिषदले आर्थिक वर्ष २०७६÷०७७ को बजेट, निती तथा कार्यक्रम सार्वजनिकर गरेको थियो । गाँउपालिकाको सभाहलामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता साहले निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा १५ जना वृद्ध वृद्धाहरुलाई नगद तिन हजार, छाता हरलिक्स प्रदान गरिएको थियो । साथै कक्षा ८को गाँउपालिका स्तरीय परिक्षामा उत्कृट हुने १० जना बिद्यार्थीहरुलाई नगद पाँच हजारको दरले सम्मानित गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष आनन्द गुप्ता, प्रमुख प्रशासकिृय अधिकृत रंजित यादव लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सुरेश साहले गर्नुभएको हाम्रा सहकर्मी मोहनलाल पंडितले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here