बिन्दवासनी गाँउपालिकामा दुई दिने तालिम सम्पन्न

0
185
Ad_Article_Top
Share

वीरगंज, असार १४
पर्साको बिन्दवासनी गाँउपालिकामा वातावरणीय सरसफाई सम्बन्धि बिभिन्न तालिम सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोग र बिन्दवासनी गाँउपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा गाँउपालिका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । गाँउपालिकाको सभाहल बहुअर्वाभाठामा आयोजित तालिममा युनिसेफका वृजकिसोर पटेल र वासका राजेश यादवले प्रशिक्षण दिनुभएको गाँउपालिकाका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो । गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको अध्यक्षतामा भएको तालिममा वडा अध्यक्ष सागिर मियाँ, संजय चौहान, सलमा खातुन, अनोज कुमार चौरसिया, सुकदेव राउत अहिर, कार्यपालिका सदस्य रामचन्द्र चौरसिया, रामाधार मुखिया,न्यायिक समिती सदस्य मुकेश साह ,महिला सदस्य, वडा सदस्य लगायतको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष गुप्ताले गाँउपालिकालाई चाडै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने र बातावरणको लागि वृक्षारोपन गर्ने ,बिद्यालयलाई व्यवस्थित बनाउने लगायतको कार्य गरिने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here