गञ्जभवानीपुरका मुस्लिम महिलाले डल बनाउन सिके

0
278
Ad_Article_Top
Share

१४ असार, वीरगञ्ज

बाराको महागढीमाई नगरपालिकामा सञ्चालित डल बनाउने तालिम शनिबार सम्पन्न भएको छ । महागढीमाई नगरपालिकाको आयोजनामा वडा नं १० गञ्जभवानीपुरमा सञ्चालित तालिमको समापन गरिएको हो । महागढीमाई नगरपालिकासँगको समन्वयमा रोयल नेपाल तालिम केन्द्र वीरगञ्जले जेठ २९ गतेदेखि तालिम शुरु गरेको थियो । ।

अजिता मरासैनीले प्रशिक्षण दिएको तालिमबाट मुस्लिम समुदायका २० जना महिलाले डल बनाउने सीप सिकेका छन् । संस्थाकी अध्यक्ष प्रेमा गुप्ताको अध्यक्षता तथा नगरपालिकाका योजना प्रमुख महेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here