कर्मचारीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि बारे चारदिने तालिम शुरु

0
91
Ad_Article_Top
Share

वीरगंज, असार १९,संजिव मिश्र
पर्साको बिन्दवासिनी गाउपालिकाको आयोजनामा आज कर्मचारीहरुको नेतृत्व विकासबारे चारदिने तालिम शुरु भएको छ । गाउपालिकाका प्रमुख श्रीलाल साह कानुले तालिम उदघाटन गर्नुभएको थियो । गाउपालिकाका कर्मचारीहरुलाई उनिहरुको काम, कर्तव्य र अधिकारलगायतको बारेमा जानकारी गराउने र सेवालाई अझ सहज, सरल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको प्रमुख कानुले बताउनुभयो । उहाँले तालिममा सहभागि देखेर धेरै खुशी लागेको बताउनुभयो । अगामी योजनामा पनि कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नको लागि बजेट बिनयोजन गर्ने बताउनुभयो । उपाध्यक्ष किरण देवी गुप्ताले सहभागि कर्मचारीहरुलाई ईमन्दार भएर काम गर्ने बताउनुभयो । कर्मचारीहरुको सुखदुखमा गाँउपालिका सदैव तयार रहेको र कर्मचारीहरुले पनि गाँउपालिकाको काम गर्न ईमन्दारीपुर्वक लाग्नुपर्ने बताउनुभयो । गाँउपालिकाको पशुसेवा शाखाबाट पाउनुपर्ने सुबिधाहरु आम जनताले गुनासो गर्दा दुख लागेको उपाध्यक्ष गुप्ताले बताउनुभयो ।पशुशाखाका ईन्र्चाज बद्री साहको बारेमा जनगुनासो बढेकोले ईमन्दारिपुर्वक टोल टोलमा गएर सेवा दिन निर्देशन दिनुभयो । कार्यक्रममा गाँउपालिका प्रमुख प्रशासकिय अधिृकत सुजित कुमार साहले सम्पुर्ण शाखाबाट पाउनुपर्ने सेवा सुबिधाको तयारी समयमा भएको र सम्बन्धित शाखाले नगरेकोमा दुख व्यक्ति गर्नुभयो । कर्मचारीहरुलाई गाँउपालिकाबाट पाउनुपर्ने सुबिधा समयमा उपलब्ध गराउने शाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो । गाँउपालिका सव ईन्जिनियर नागेन्द्र कुशवाहाले गाँउपालिकाबाट दुई सय भन्दा बढि भौतिक निर्माण तर्फ योजना रहेकोले जनशक्तिको अभावमा काम गर्न समस्या भईरहेको बताउनुभयो । कार्यक्रममा .कृषिा शाखा प्रमुख भोला केशरीले कर्मचारीहरुले पाउनुपर्ने सेवा सुबिधा र सम्बन्धित शाखाका काम सम्बन्धित शाखाले गर्नुपर्ने बताउनुभयो । तािलमको उद्घाटन गाँउपालिका प्रमुख श्रीलाल साह कानुले मैनपति बाली तालिमको उद्घाटन गर्नुभएको थियो । तालिममा अध्यक्ष उपाध्यक्षलाई प्रशासन शाखा प्रमुख मिरा देवि रिजालले फुलको माला र दोसल्ल ओढाई सम्मान गर्नुभएको थियो भने कार्यक्रममा गाँउपालिका अध्यक्ष कानुले गाँउपालिकाका ईन्जिनियर बिजय गुप्तालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । स्वास्थ्य शाखाका सोनालाल प्रसाद चौरसियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने तालिममा प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह र समाजिक बिकाश प्रमुख रामप्रवेश साहले प्रशिक्षण दिनुभएको थियो । तालिममा स्वास्थ्य शाखा प्रमुख नरेश चौहान, वडा सचिव,कार्यालय सहयोगि लगायत गाँउपालिकाको सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो । तालिम आज बिहान सात बजे देखि १० बजे सम्म संचालित तालिम २२ गते सम्म चल्ने आईटी अफिसर संदिप कुमार साहले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here