नेपाल पाँच बर्ष भित्र पुनः हिन्दू राष्ट्र घोषण हुन्छ – अध्यक्ष पटेल

0
225
Ad_Article_Top
Share

वीरगंज, असार १९
नेपाल पाँच बर्ष भित्र पुनः हिन्दू राष्ट्र घोषणा हुने हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले दावि गर्नुभएको छ । आवाज एफ.एम८८ मेगाहर्जद्वारा संचालित कार्यक्रम समय सन्र्दभमा आज कुरा गर्दै अध्यक्ष पटेलले सो दावि गर्नुभयो । बिदेशी शक्तिको ईसारामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरी नेताहरुले नेपालीको पहिचान मेटाएको आरोप लगाउनुभयो । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न कुनै आन्दोलन नभएको बताउदै अध्यक्ष पटेलले बिदेशी शक्तिको दवावमा गरिएको घोषणाले ८५ प्रतिशत हिन्दु समुदाय दुखित भएको बताउनुभयो । हिन्दु परिषद प्रति नेपालमा उत्साह पुर्ण लहर चलेको बताउदै उहाँले नेपालको ५१ जिल्लामा शाखा बिस्तार गरिसकिएको बताउनुभयो । हिन्दु बिचार धारा संग मिल्ने सवै संघसंगठन संग सहकार्य गरी हिन्दु राष्ट्र घोषणाको लागि आफु तयार रहेको बताउनुभयो । उहाँले शाषण व्यवस्था जेसुकै होस तर नेपाल हिन्दुराष्ट्र हुनुपर्ने आफुहरुको बटम लाईन भएको बताउनुभयो । धर्म निरपेक्षता पश्चात नेपालमा हिन्दू समुदाय माथि निरन्तर आक्रमण भईरहको बताउनुभयो । बिभिन्न आईएनजिओहरुले बिपन्न नेपालीहरुलाई जबरजस्ती धर्म परिर्वतन गराईरहेकोमा आपति जनाउदै त्यस्ता संस्थाहरु माथि नेपाल सरकराले लगाम लगाउनुपर्ने बताउनुभयो । उहाँले हिन्दु सनातन धर्मसंग आस्था राख्ने बिभिन्न व्यक्तिहरुको सहयोगले संस्था आगडि बढिरहेको बताउनुभयो । उहाँले हिन्दु परिषदको कुनै धर्म संग बिमति नरहेको बताउदै हिन्दु धर्म र संस्कृति माथि अत्याचार र आक्रमण गर्ने माथि परिषद चुप लागेर बस्न नसक्ने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here