देवताल गाँउपालिकाकोमा भ्रष्टाचार गर्नेलाई नछोडिने नेकपा नेता सिंहको चेतावनी

0
246
Ad_Article_Top
Share


वीरगंज, असार २०
बाराको देवताल गाँउपालिका भित्र भईरहेका बिकाश कार्यमा निगरानी बढाउन स्थानियलाई नेकपाका बारा जिल्ला सदस्य एवं युवा नेता कौशलकिसोर सिंहले आग्रह गर्नुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जबाट प्रशारित कार्यक्रम समय सन्र्दभमा आज अन्र्तावार्ता दिदै नेता सिंहले गाँउपालिकाको हरेक गतिविधिमा निगरानी बढाउन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले गाँउपालिकामा नातावाद कृपावाद हावी भएको भन्दै त्यसलाई सच्याउन गाँउपालिका प्रमुख चन्दन सिंहलाई आग्रह गर्नुभयो । गाँउपालिका अध्यक्ष र प्रशासकिय अधिकृत मिलेर गाँउपालिकाको बजेट दोहन गरेको आरोप लगाउदै यहि रवैया रहे गाँउपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भण्डाफोर गर्ने चेतावनी दिनुभयो । नेता सिंहले गाँउपालिकाले घरमै बसी उपभोक्ता समिती गठन गर्ने गरेको तथा आफनो कार्यकर्तालाई पाल्ने काम गरेको बताउनुभयो । उहाँले गाँउपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफु लागि परेको बताउनुभयो । आसारे बिकाश नाममा अहिले गाँउपालिकाका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरु कमिशनको खेलमा डुवेको आरोप लगाउनुभयो । उहाँले गाँउपालिकामा फरक फरक दलका जनप्रतिनिधि निर्वाचित भएपनि कमिशनको खेलमा सवै जनप्रतिनिधिहरु एक पार्टी भएको समेत आरोप लगाउनुभयो । उहाँले देवताल गाँउपालिकाको सम्पुर्ण बिकाशको लागि सातै वडामा दिगो बिकाश गर्न तथा महिला ,शिक्षा ,स्वास्थ्य, कृषि लगायतको क्षेत्रमका बिकाश गर्न अनुरोध गर्नुभयो । उहाँले गाँउपालिकाको बिकाशको लागि आफु हातेमालो गर्न तयार रहेको बताउदै भ्रष्टाचार र अत्याचार गरे आफुहरु चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here