भताको भरमा राजनिति गर्न गाह्रो भयो – वडा सदस्य यादव

0
433
Ad_Article_Top
Share :

वीरगंज, असार २१
नेकपा वीरगंज महानगरपालिका वडा नम्बर २३ का ईकाई अध्यक्ष एवं वडा सदस्य लालबाबु यादवले वडा नम्बर २३ मा बिकाश निर्माणको कार्य तिव्र गतिमा अघि बढेको बताउनुभयो । आवाज एफ.एम ८८ मेगाहर्जबाट प्रशासिरत कार्यक्रम स्थानित तहको गतिविधि कार्यक्रममा वोल्दै नेता यादवले बिगत बर्षभन्दा यस बर्ष तुलनात्मक रुपमा कम काम भएपनि समग्रमा नमुना र राम्रो काम भएको बताउनुभयो । उहाँले वडा नम्बर २३ को तिनवटै टोलमा सडक ढलान, नाला निर्माण, मन्दिर मर्मत, बिद्यालय भवन निर्माण,१२ बर्ष देखि बन्द रहेको पुल संचाल्न, चर्पी निर्माण लगायतको नमुना काम भएको बताउनुभयो । उहाँले वडा सदस्यहरुको परिश्रम अनुसार सेवा सुबिधान नपाएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले वडा सदस्यहरुको सारा दिन समाज सेवा र राजनितिमै बिते पनि काम अनुसारका दाम नपाउदा दुख लाग्ने गरेको बताउनुभयो । उहाँले वडा सदस्यहरुले भताको भरमा परिवारको जिविको पार्जन गर्नुपरेको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिकाका मेयरको ईच्छा शक्ति कमजोर भएको कारण सोचे जस्तो बिकाश गर्न नसकिएको बताउनुभयो । एक फरक प्रसंगमा नेता यादवले मधेश आन्दोलनको बिचमा वडा नम्बर २३ मा तात्कालिन एमालेको सारा प्यानल बिजयी गराउनु धेरै कठिन भएको बताउनुभयो । उहाँले मधेश आन्दोलनको बेला आफनो घरमा आक्रमण भएको स्मरण गर्दै सारा बिपक्षी दलका भ्रमलाई चिरेर पार्टीलाई अघि बढाएर लगेको बताउनुभयो । मधेश आन्दोलनको बेला तत्कालिन एमालेको कार्यकर्ता माथि आक्रमण भईरहेको असहज परिस्थितीमा पुरा प्यानललाई नै बिजय गराउनु आफनो जिवनको महत्वपुर्ण क्षण भएको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here