अदालतको निर्देशनलाई अवज्ञा गर्दै मुसैलीमा जबरजस्ती घर निर्माण

0
202
Ad_Article_Top
Share

वीरगंज,असार २३
वीरगंज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा जिल्ला अदालत पर्साको निर्देशनको अवज्ञा भएको पाइएको छ । स्थानिय पिडित प्रमिला मिश्रको जग्गा मिचेर सोही वडा बस्ने गेना महतोले घर बनाइरहेका छन । जग्गा सम्बन्धि मुद्दा अदालतमा बिचाराधिन रहेको अवस्थनामा गेना महतोले अदालतको अवज्ञा गर्दै घर बनाईरहेको पिडित मिश्रले जानकारी दिनुभयो । मिश्रले जिल्ला अदालत पर्सामा घर निर्माण रोक्काका लागि असार ९ गते मुद्दा हालेको र मुद्दा छिनोफानो नहुदै गेना महतोले घर निर्माण गरेको बताउनुभयो । बिपक्षीले गाली गलौज र धम्की दिदै जबरजस्ती घर निर्माण गरिरहेको पिडित मिश्रले बताउनुभयो । पिडित मिश्रले महानगरपालिकाबाट नाक्सा पास समेत नगराई घर निर्माण गरिरहेको बताउनुभयो । उहाँले स्थानिय केही षड्यन्त्रकारीले गेना महतोलाई उचालेर घर निर्माण गराईरहेको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here