बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी खुल्ला दिशामुक्त क्षेत्र घोषणा

0
95
Ad_Article_Top
Share

वीरगंज, असार २३, संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपटी लाई आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । वडा अध्यक्ष एवं वडा स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो । नेपाली काँग्रेसका नेता एवं पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी चौधरीले सावुन पानीले हात धोई उदघाटन गर्नुभएको थियो । प्रमुख अतिथी चौधरीले खुल्ला दिशामुक्त क्षेत्र घोषणा पश्चात पनि यसलाई निरन्तरता दिन सवै पक्षलाई आग्रह गर्नुभयो । घोषणा सभामा प्रमुख अतिथी चौधरीले प्रमाण पत्र पढेर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको थियो । कार्यक्रममा बिन्दवासनी गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताले प्रतिवद्धता पत्र पढेर सहभागिहरु संग प्रतिवद्धता गराउनुभएको थियो । यसैगरी पुर्व जिल्ला बिकाश समितीका सभापति एवं कार्यक्रमका बिशिष्ट अतिथी जनाद्र्धन सिंह क्षेत्रिले अचार संहिष्ता पढेर सुनाउनुभएको थियो भने वडा अध्यक्ष अनोज कुमार चौरसियाले अहोरात खटेर वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनु भएकोमा बधाई समेत दिनुभयो । कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि सहयोग पुरयाउने जनप्रतिनिधि,बिभिन्न संघ संस्था, कर्मचारी लगायत व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा पुर्व गाबिस अध्यक्ष शम्भु प्रसाद चौरसिया,स्वास्थ्य शाखाका सोनालाल प्रसाद चौरसिया, बासु रिमाल, वास संयोजक राजेश यादव, समाजिक शाखा प्रमुख रामप्रवेश साह, वडा सदस्य हरिन्द्र प्रसाद चौरसिया, वडा नम्बर ५ का वडा अध्यक्ष सुकदेव प्रसाद अहिर, रेडक्रस का प्रतिनिधि राजेश्वर प्रसाद चौरसिया, समाजि संस्था जिल्ला समन्वय समितीका अध्यक्ष ईब्राहिम देवान, पत्रकार छठु साह लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रममा बिन्दवासनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह, समाजसेवी बब्लु गुप्ता,पत्रकार अजय चौरसिया, अमरपटी चौकी प्रमुख, सशस्त्र प्रहरी प्रमुख,बिभिन्न संघ संस्थाका प्रमुख ,वडा सदस्य लगायत स्थानियहरुको सहभागिताको रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य भिखर प्रसाद चौरसियाले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here